नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरविरूद्ध ऐतिहासिक जित निकालेको छ।
सिंगापुरको राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई १-० गोलले पराजाित गरेको हो।
नेपालले सिंगापुरविरूद्ध पहिलो पटक जित निकाल्दै इतिहास रच्न सफल भयो।
नेपालको ऐतिहासिक जितमा जिलेस्पीजंग कार्कीले निर्णायक गोल गरे। उनले खेलको १२औं मिनेटमा गोल गरेका थिए।
मनिष डाँगीले दिएको पासमा कार्कीले डिबक्सबाट उत्कृष्ट फिनिसिङ गरेका हुन्। नेपालले सिंगाापुरविरूद्धको औपचारिक खेलमा पहिल पटक गोल गर्न सफल भएको हो।
त्यसअघि नेपाल र सिंगापुरबीच सन् १९८२ मा पहिलो अन्तर्राष्ट्रिय खेल भएको थियो। किंग्स कपको उक्त खेलमा नेपाल २-० गोलले पराजित भयो। यसरी नेपालले सिंगापुरसँग अहिलेसम्म ३ अन्तर्राष्ट्रिय खेल खेल्दा सबै खेल गुमाएको थियो। ३ खेलमा १२ गोल खाएको नेपालले सिंगापुरविरूद्ध कुनै गोल गर्न सकेको थिए। ३६ वर्षपछि नेपालले सिंगापुरविरूद्ध खेल्दै ऐतिहासिक जित समेत निकाल्न सफल भयो।
