प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

नेपाल प्रहरीको ३१औं महानिरीक्षक(आईजीपी) मा दीपक थापा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) थापालाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । एआईजी थापा यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) प्रमुख थिए । 

वसन्त कुँवरले सोमबारै अवकाश पाएपछि नयाँ महानिरीक्षक नियुक्त गरिएको हो । २०७९ चैत १० गते कुँवर नेपाल प्रहरीको ३०औं महानिरीक्षक बनेका थिए । उनी ३० वर्षे कार्यकाल सकेर अनिवार्य अवकाशमा गएका हुन् । उनी २०५१ चैत ५ गते प्रहरी सेवामा प्रवेश गरेका थिए ।

 देशभरिका अधिकांश  क्याम्पसमा स्ववियु निर्वाचन आज

Leave a Reply

Your email address will not be published. Required fields are marked *