चिनियाँ मूलका कोरियनले गरे ४ जनामाथि छुरा प्रहार, २ को ज्यान गयो

सिहुङ, दक्षिण कोरिया – २०२५ मे १९
दक्षिण कोरियाको सिहुङ सहरमा चिनियाँ मूलका कोरियन नागरिकद्वारा चार जनामाथि छुरा प्रहार भएको छ, जसमा दुई जनाको ज्यान गएको पुष्टि भएको छ। पीडितहरू सबै कोरियन नागरिक हुन् ।

प्रहरीले अभियुक्त चा चोल-नाम (Cha Cheol-nam) लाई घटनापछि तत्काल खोजी अभियानमार्फत पक्राउ गरिसकेको छ। उनी ५६ वर्षका चिनियाँ नागरिक (CHE ZHENAN) हुन्, तर कोरियाली मूलका मानिन्छन्।

घटनाको विवरण:

अभियुक्तले २०२५ मे १७ मा दुई जना भाइहरूलाई ऋण फिर्ता नगरेको रिसमा आफ्नै घरमा हथौडा प्रहार गरी हत्या गरे। त्यसको २ दिन पछि मे १९ तारिख बिहान, उनले सिहुङकै जङ्वाङ-डोङ क्षेत्रमा ६० वर्षीया एक महिला पसलेमाथि छुरा प्रहार गरे।

सोही दिन दिउँसो, ७० वर्षीय घरधनीमाथि पनि छुरा आक्रमण गरे। उनीहरुको अबस्था गम्भीर रहेको छ ।

अभियुक्तको बयान:

अभियुक्तले प्रहरी समक्ष ३० मिलियन वोन ऋण दिएका व्यक्तिहरूसँगको विवादकै कारण हत्या गरेको स्वीकारेका छन्। उनले “न्याय खोज्नकै लागि यस्तो गरेँ” भनेका छन्।

पहिचान र पक्राउ:

घटना पछि प्रहरीले उनको तस्बिर र विवरण सार्वजनिक गरी खोजी थालिएको थियो।

उनलाई मे १९ साँझ ७:२५ बजे पक्राउ गरिएको हो।

पक्राउको समय उनी साइकलमा यात्रा गर्दै थिए र टोपी, मास्क, झोला आदिको प्रयोग गरी पहिचान लुकाउने प्रयासमा थिए।

क्रिकेटर मोहमद आदिल आलम माथिको प्रतिबन्ध फुकुवा भएको छ। 

हर्क साम्पाङले मेयर पदबाट राजिनामा दिदै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *