
नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउने आइतबार २१ गतेदेखि आलमको प्रतिबन्ध फुकुवा गरेकाे हो ।
२०७९ पुस ९ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुर, काठमाडाैंमा क्यानले आयोजना गरेकाे नेपाल टी-२० क्रिकेट लिग प्रतियोगिता दौरान स्पट फिक्सिङको आरोप लागेकाे आलमलाई एन्टी करप्सन काेड बमोजिम कुनैपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाइएको थियाे ।
