यु-१९ बिश्वकप छनोटमा DLS मेथोडबाट नेपाल बिजयी

काठमाडौं । आईसीसी यु-१९ विश्वकप त्रिकेटको एसिया छनोटअन्तर्गत आफ्ना् पहिलो खेलमा नेपालले युएइलाई डिएसएल पद्धतिबाट पराजित गरेको छ ।मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएईले ३६ ओभरको खेल सकिँदा ७ विकेट गुमाएर १७१ बनाएको थियो ।

सोही समयमा वर्षा भएसँगै खराब प्रकाशका कारण डिएलएस पद्धतिमार्फत नतिजा निकालिएको हो । युएईका लागि यायिन किरण राईले अविजित १०४ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । त्यसअघि मुलपानी क्रिकेट मैदान पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २०० रन बनाएको थियो । नेपालका लागि कप्तान नरेन भट्टले अर्धशतकीय इनिङ खेले ।

नरेनले ७५ बलमा सर्वाधिक ६७ रन बनाए । दिलसाद अलीले ३४ र साहिल पटेलले ३२ रनको योगदान दिए ।

बलिङमा यूएईका उदिस सुरीले सर्वाधिक ३ विकेट लिए । मैदान भिजेको कारण केही ढिला सुरु भएको खेल ४० ओभरमा छोट्याइएको थियो ।

पहिलो जितसँगै नेपालले २ अंक जोडेको छ ।

को हुन् दुर्गा प्रसाईले लाईभमा नाम लिएका पेरुका गोन्जालो?

गालीको वर्षा हुँदाहुँदै पनि किन बनाइरहन्छन् नेपालीहरू ट्रेनमा टिकटक?

Leave a Reply

Your email address will not be published. Required fields are marked *