कांग्रेस पार्टी कार्यालयमा खेलकुद मन्त्रीलाई कालोझण्डा

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई कांग्रेस पार्टी कार्यालय सानेपामा कालोझण्डा देखाइएको छ।

मन्त्री चौधरीलाई आफ्नै पार्टी कार्यालयमा नेपाल विद्यार्थी संघका एक समूहले विरोध गर्दै कालोझण्डा देखाएको हो।

उक्त समूहले मन्त्रीविरूद्ध नाराबाजी गर्दै कालोझण्डा देखाएका थिए भने राजीनामा समेत मागेका  थिए।

मन्त्री चौधरीले राष्ट्रिय खेलकुद परिषद्‌को उपाध्यक्ष तथा बोर्ड सदस्यमा पार्टीको संस्थागत निर्णय विपरित काम गर्दा महत्वपूर्ण पद गुमाउनु परेको र पार्टीलाई क्षति पुगेको आरोप उनीहरूको छ।

साथै आगामी जेठमा हुने भनिएको दशौं राष्ट्रिय खेलकुदको मितिमा उनीहरुले असन्तुष्टि जनाएका छन्।

मन्त्री चौधरी कांग्रेस खेलकुद विभागको कार्यक्रममा सभहागी हुन पार्टी कार्यालय पुगेका थिए।

karmachari

पोखरा महानगरका कर्मचारी घुससहित पक्राउ

राजावादीको विरोधमा एमालेले घोषणा गर्‍यो आन्दोलन

Leave a Reply

Your email address will not be published. Required fields are marked *