मिनि कालिञ्चोक संरक्षणमा जुटे स्थानीय

दोलखा कालिञ्चोक

दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका वडा नं. ६, लेप्टुङको नागी क्षेत्रमा रहेको “मिनि कालिञ्चोक” भनेर चिनिने नागी भगवती माईथान संरक्षणका लागि स्थानीयवासीहरू सक्रिय भएका छन् ।

पुरातन कालदेखि नै पुर्खाहरूले श्रद्धापूर्वक पूजा–आराधना गर्दै आएको यो धार्मिक स्थल जहाँको प्राकृतिक सौन्दर्यले पनि भरिपुर्ण छ। यही ठाउँको धार्मिक, सांस्कृतिक र पर्यटन महत्वलाई मध्यनजर गर्दै सम्पूर्ण स्थानीयवासीहरुले उक्त स्थललाई श्रमदान मार्फत संरक्षण कार्यको थालनी गरेका छन् ।

कालिञ्चोक भगवती मन्दिर सम्म पुग्न असहज हुनेहरुले यहाँ आएर पुजा-आज गर्ने गरेको स्थानीय दिलमाया थामीले बताईन । स्थानीय अशोक शिवाकोटीका अनुसार मन्दिर र नजिक पिकनिक स्थल समेत लाई अझ व्यवस्थित बनाउन आफुहरुले सम्पुर्ण वडा तथा पालिका वासीलाई आह्वान गरेको बताए ।

उक्त अभियानमा वडा नम्बर ६ का वडा अध्यक्ष भरत पाण्डे र वडा सदस्य राजकुमार अधिकारी पनि सहभागी थिए । अभियानको क्रममा अध्यक्ष पाण्डेले आफ्नो वडा भित्रका धार्मिक तथा सांस्कृतिक स्थलको संरक्षण तथा प्रवर्द्धन मा आफ्नो प्राथमिकता रहेको उल्लेख गरेका छन ।

फोटो सौजन्य ~

अशोक शिवाकोटी ( उहाँ शिक्षण पेशामा कार्यरत हुनुहुन्छ )

KKR संग हैदराबादको लज्जास्पद हार !

कोरियामा नेपाली युवाको आत्महत्या, अनलाइन सट्टेबाजी बन्यो कारण

Leave a Reply

Your email address will not be published. Required fields are marked *