कोरियामा नेपाली युवाको आत्महत्या, अनलाइन सट्टेबाजी बन्यो कारण

दक्षिण कोरियाको आनसङ शहर स्थित बङ्गुर फार्ममा कार्यरत एक नेपाली युवाले आत्महत्या गरेका छन्। पाँचथर फाल्गुनन्द गाउँपालिका–३ घर भई हाल कोरियामा काम गर्दै आएका ती युवा कोठामा मृत फेला परेका हुन्।

संगै काम गर्ने साथीका अनुसार, केही समय यता उनी डिप्रेशनमा परेका थिए। आत्महत्या गर्नु अघि उनले सुसाइड नोटमा आफू अनलाइन बेटिङमा धेरै रकम गुमाएर डिप्रेसनमा परेको खुलाएका थिए । उक्त नोट कोठामै रहेको टेबलमा भेटिएको थियो । जसमा आफन्तसँग माफी पनि मागिएको थियो ।

ती युवा ७ महिना अघि मात्र दोस्रो कार्यकालका लागि कोरिया आएका थिए । कोरिया पहिलो ५ बर्ष पछि दोस्रो कार्यकालका लागि पुन ईन्ट्री गर्नुपर्ने नियम छ । अहिले घटनाको जानकारी उनको परिवार र नेपाली दूतावासलाई दिइसकिएको छ। NRN कोरियाले पनि घटना बारे चासो राखेको छ ।

यो घटना विदेशमा कार्यरत नेपालीहरूबीच बढ्दो मानसिक तनावको गम्भीर सन्देश हो ।

मिनि कालिञ्चोक संरक्षणमा जुटे स्थानीय

चेन्नईको हारको श्रृङ्खला रोकिएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *