
आईपीएल २०२५ अन्तर्गत सोमबार सम्पन्न खेलमा पञ्जाब किङ्ग्सले चेन्नई सुपर किङ्ग्सलाई १८ रनले पराजित गरेको छ। पञ्जाबका युवा ब्याट्सम्यान प्रियंश आर्याले विस्फोटक प्रदर्शन गर्दै ३९ बलमा १०३ रनको शतकिय पारी खेले। उनले ७ चौका र ९ छक्काको मद्दतले आईपीएल इतिहासकै चौथो सबैभन्दा छिटो शतक प्रहार गरे।
आर्याको उत्कृष्ट पारीले पञ्जाबलाई निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २१९ रनको विशाल स्कोर बनाउन मद्दत गर्यो। जवाफमा चेन्नईले डेवोन कन्भेको ६९ रनको संघर्षपूर्ण पारीका बावजुद ५ विकेट गुमाउँदै २०१ रन मात्र बनाउन सक्यो।
यस जितसँगै पञ्जाब किङ्ग्सले प्रतियोगितामा तेस्रो जित हात पारेको छ भने चेन्नई सुपर किङ्ग्सले लगातार चौथो हार बेहोर्नु परेको छ। खेलपछि चेन्नईका कप्तान ऋतुराज गायकवाडले भने, “हामीले बलिङमा धेरै रन खर्चियौं, अब टिमले सुधार गर्नैपर्छ।”
