गाजामा इजरेली हवाई हमला : ४०० जनाभन्दा बढी मारिए

इजरेली लडाकु विमानहरूले गाजाका विभिन्न भागमा ज्यानुअरीमा युद्धविराम सुरु भएयताकै ठूलो हवाई आक्रमण गरेका छन्।

गाजामा हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार इजरेली हमलामा परेर ४०० जनाभन्दा बढी मानिसको मृत्यु भएको र सयौँ जना घाइते भएका छन्। इजरेलले हमासका सुरक्षा अधिकारी र राजनीतिक व्यक्तिहरूलाई पनि निसाना बनाएको थियो।

हमासले ज्यान गुमाउनेमध्ये उक्त भूभागमा कार्यरत आफ्ना एक वरिष्ठ सुरक्षा अधिकारी मोहम्मद अबु वफासहित चार जना रहेको बताएको छ। इजरेलले हवाई आक्रमण गर्नुअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनसँग छलफल गरेको ह्वाइट हाउसकी एक प्रवक्ताले फक्स न्यूजलाई बताएकी छन्।

एक इजरेली अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएससँग कुरा गर्दै इजरेल सरकारले अमेरिकालाई हमला गर्नुअघि त्यस विषयमा जानकारी दिएको पुष्टि गरेका छन्।

एउटा विज्ञप्तिमा इजरेलले हमासले पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्ताव अस्वीकार गरेकाले आफूले उक्त समूहका निसानाहरूमा आक्रमण गरिरहेको बताएको छ।

उक्त प्यालेस्टिनी समूहले सोझै दोस्रो चरणको युद्धविराममा जानुपर्ने धारणा राख्दै आएको थियो। हमासलाई दबाव दिन इजरेलले गाजामा मानवीय सहायता र विद्युत् आपूर्ति कटौती गरिएको छ।

उर्जामन्त्री गरे लोडसेडिङ हुने संकेत

एसइई आजदेखि देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *