को हुन् दुर्गा प्रसाईले लाईभमा नाम लिएका पेरुका गोन्जालो?

व्यवसायी तथा सामाजिक अभियान्ता दुर्गा प्रसाईं तिनेकुने घटना देखि प्रहरीको फरार सुचिमा छन । उनै प्रसाई बुधबार दिउसो आफ्नो सामाजिक सञ्जालमा एउटा भिडियो राख्दै आफू कतै नभागेको सुरक्षित स्थानमा बसेको आफु ‘पेरुका गोन्जालो’ बन्न नचाएको अभिव्यक्ति दिए । प्रसाईले नाम लिएका ब्यक्ति को हुन धेरैको चासोको बिषय बनेको छ ।

गोन्जालो भन्ने नामले चिनिने व्यक्ति पेरुका माओवादी नेता ‘अविमाएल गुज्मान’ हुन्। उनी Chairperson Gonzalo को रूपमा चिनिन्थे। उनले सन् १९८० मा ‘Shining Path’ नामक विद्रोही संगठनको स्थापना गरेका थिए, जसले पेरुमा दशौँ वर्षसम्म सशस्त्र संघर्ष गर्‍यो।

गुज्मानले माओवादलाई कट्टर रूपमा समर्थन गर्थे र जनयुद्धको सिद्धान्तमा आधारित रहेर पेरु सरकारविरुद्ध हिंसात्मक विद्रोह सञ्चालन गरे। यो आन्दोलनका क्रममा हजारौँ नागरिक मारिए, हजारौँ बेघर बने।

उनलाई सन् १९९२ मा पेरु सरकारले पक्राउ गर्‍यो र पछि उनले जेलमै जीवन समाप्त गरे। सन् २०२१ सेप्टेम्बर ११ मा Callao Naval Base जेलमा उनको मृत्यु भयो ।यसो त उनलाई उनका समर्थकले गोन्जालो नामले परिचित थिए ।

कतार माथि नेपालको ८ विकेटको जित

यु-१९ बिश्वकप छनोटमा DLS मेथोडबाट नेपाल बिजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *